देश बनाउने जिम्मा कांग्रेसको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन

104

कपिलवस्तु भदौ
कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर पुनले देश बनाउने जिम्मा कांग्रेसको रहेको बताएका छन । ऐतिहासिक र देशकै ठुलो पार्टी कांग्रेसले अगुवाई नगरे देशमा कायम रहेको ब्यवस्था समेत नरहने दाबी गरे । कांग्रेस क्षेत्रीय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नम्बर २ द्धारा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित प्रथम क्षेत्रीय सम्मेलनमा सभापति पुनले सो कुरा बताएका हुन । उनले कांग्रेस संगठनका हिसाबले समते मजबुत नभए अभिब्यक्ति स्वतन्त्रता, विकास लागतयका कुरा समेत संकटमा पर्ने बताए । कांग्रेस देशको पहिलो पार्टी बने पनि केही असंतुष्टी, आफनो स्वार्थ अनुकुल काम नभए पछि तिनीहरुले नै कांग्रेस खत्तम छ भन्दै हिडने गरकोका कारण पार्टीलाई असर पुग्ने गरेको बताए । उनले पार्टीमा दत्तचित्त भएर लागूने पर्ने बताए । एउटै ब्यत्तिलाइृ धरै पटक पदमा उठन र अन्य पदमा समेत मौका दिन नहुने भन्दै उनले यसकालागि समेत तल्लोतहबाटै जोडदार आवाज उठानु पर्ने बताए । टिकट लिने बेलमा मरिहत्ते गर्ने रअन्य बेला मतलब नराख्ने गरिएको प्रति उनले गुनासो गरे । उनले टोल वडा समिति देखि ८ वटै तहलाई मजुबत बनाउदै लानु पर्ने बताए । पार्टी जिल्ला सभापति अब्दुल कलामले पार्टीका नेता कार्यकर्ताहरुले चोक चौराहामा आफनो पार्टीका कुरा नगरी आधिकारिक ठाउमा मात्र आफनो कुरा राख्न आग्रह गरे । उनले सबै मिलेर पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । सो अवसरमा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालले आफूलाई मात्र मतलब राख्ने आफनो छर छिमकलाई वेस्वता गर्ने गरिएकाले समेत अहिले जिल्लामा कांग्रेसको अवस्था कमजोर हुदै गएको बताए । उनले सबैले आ आफनो गल्ती महसुुस गरी पार्टीलाई एक ढिक्का बनाउनु पर्ने बताए । सो अवसरमा पार्टी नेता तथा प्रदेश सदस्य सुधाकर पाण्डेयले बिगतको कमीकमजोरीलाइृ त्यागेर अघि बढनु पर्ने बताए । कार्यक्रममा पार्टी नेताहरुले कार्यकर्ताहरुलाई वेवास्ता गरको, राम्रो काम नगरेको, सुझाव दिदा समेत सुनुवाइृ नभएको लगातयका गुनासो गरेका थिए । कार्यक्रममा क्षेत्रीय अध्यक्ष केशव कुमार श्रेष्ठले सागठनिक प्रतिबेदन प्रस्तुत गरको थिए । क्षेत्रीय सभापति श्रेष्ठको अध्यक्षता, कृष्ण बन्जाडेको संचालनमा भएको कार्यक्रममा पार्टी जिल्ला उप सभापति हुमाकान्त खनाल, नेता राम आषिष पाण्डेय, महिला संघ की जिल्ला अध्यक्ष मिन केसी, बुद्धभुमी नगरपालिका पार्टी नगर अध्यक्ष माधव दमासे लागयतले पार्टीलाई मजबुत र एक बनाउनु पर्नेमा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.