युवा अभियन्ता शर्माद्धारा धारा जडानका लागि बिद्यालयलाई ५० हजार

130

कपिलवस्तु भदौ २१
कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित कुस्मा माबिलाई सुद्ध खानेपानी धारा जडानकालागि ५० हजार नगद हस्तान्तरण गरिएको छ । युवा अभियन्ता तथा लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बिद्यालयलाई धारा जाडन गर्न ५० हजार प्रदान गरेका हुन । उनले बिद्यालय मै पुगेर प्रअ सिता खनाललाई सो रकम हस्तान्तरण गरेका थिए । ६ महिना अघि बिदालयमा स्वच्छ खानेपानीको अभाव भएको भन्दै जानकारी आए पछि आफुले बिद्यालयलाई धारा जडानकालागि सो रकम दिएको बताए । ‘ बिद्यालयमा स्वच्छ खानेपानीको अभाव भएको कुरा थाहा पाए, धारा जाडनकालागि केही रकम दिए ’ उनले भने । यो रकमले बिद्यालयमा धारा जाडन गर्न मद्दत मिल्ने उनले बताए ।

बिदालयकी प्रअ खनालले बिद्यालयमा धारा नहुदा बिद्यार्थीहरुलाई खानेपानीको ठुलो समस्या भएको बेला अभियन्ता शर्माले ५० हजार दिएर ठुलो उपकार गरेका बताईन । धारा जाडन गर्न कुल ७५ हजार लाग्ने अनुमान छ । त्यस मध्ये ५० हजार जुटेको र बाकी रकम ब्यवस्था गरी अब धारा जाडन गर्ने प्रअ खनालले बताए । अभियन्ता शर्माले बाकी रकम समेत आफुले प्रबन्ध गरी बिदालयलाई दिने प्रतिबद्धता ब्यक्त गरे । यस अघि अभियन्ता शर्माले कोही पनि बिदार्थी खाली खुट्टा नहिडन परोस भन्दै एक बिद्यार्थी एक जोर जुत्ता र २ जोर मोजा अभियान चलाएको थिए । जस अन्र्गत गत बर्ष ४ बिद्यालयका ३ सय बढी बिद्यार्थीलाई जुत्ता मोजा समेत बाडेका थिए ।

Leave A Reply

Your email address will not be published.