कपिलवस्तु २० भदौ
सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन ’ भन्ने नाराका साथ मानव बेच बिखन बिरुद्धको १७ औ राष्ट्रिय दिवस कपिलवस्तुमा पनि भब्यरुपमा मनाईने भएको छ । दिवसका अवसरमा कपिलवसतुको तौलिहवामा प्ले कार्ड सहीत प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीकाक्रममा प्रशासन चोक हुदै तौलिहवा बजारको परिक्रमा गरी कपिलवस्तु नगरपालिकाको हलमा सभा गरिएको थियो । प्रभातफेरीमा कपिलवसतु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रजिअ शंकरहरि आचार्य, सशस्त्र प्रहरी उपरिक्षक जीन केसी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतको सहभागीता थियो । सुरक्षाकर्मी, शान्ति पुर्नस्थापना केन्द्र आफन्त नेपाल साथी संस्था ओरेकका प्रतिनिधि मानवअधिकारकर्मीै समेत सहभागी थिए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मानव बेचबिखन बिरुद्ध सबैले मिलेर काम गर्नु पर्ने बताए । प्रजिअ आचार्यले नेपालमा गबिरी, अशिक्षा, पछौटेपन लगायतका कारण प्रलोभनमा परी किशोरीहरु दलालको चंगुलमा फस्ने गरेको बताए । ती दलालहरुले अनेक तरिका र हत्थकन्डा प्रयागे गरेर भारत र तेश्रो मुलुकमा किशोरीहरुलाई लगेर बेच्ने गरेको बताए । जिल्लामा मानव बेचबिखन बिरुद्ध क्रियाशील संस्था शान्ति पुर्नस्थापना केन्द्र र आफन्त नेपाल अनुसार दलालहरु बिगत जस्तो आफै उपस्ति भई काम गर्न छाडेको र सामाजिक संजालको प्रयोग गरी युवतीहरुलाई नाका कटाउने गरको पाइएको छ । ती संस्था अनुसार बिगतमा कृष्णनगर नाकाको प्रयोग गरिए पनि अहिले निग्रानी बढाइएकाले दलालहरुले अरु नाकाहरुको प्रयोग गर्ने गरेका छन । दिवस कै अवसरमा शान्ति पुर्नस्थापना केन्द्र र आफन्त नेपालको अगुवाईमा कृष्णनगर मर्यादपुर, चाकरचौडा नाकामा र्याली समेत निकालिएको थियो ।