प्रहरी उपरिक्षक बस्नेतलाई मेयर्स क्लवद्धारा फेरी भेटौला कार्यक्रम गरी बिदाई

119

कपिलवस्तु
जिल्ला प्रहरी प्रमुखकोरुपमा १३ महिना काम गरी सरुवा हुनु भएका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलाई कपिलवस्तुको तौलिहवामा फेरी भेटौला कार्यक्रम गरी बिदाई गरिएको छ । कपिलवस्तु मयर्स क्लवले कपिललस्तु नगरपालिकामा एस्पी बस्नेतलाई खादा, मायाको चिनो दिएर बिदाई गरेको हो । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, मेयर्स क्वलका अध्यक्ष तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, शिवराज नगरपालिकाका मेयर अजय थापा, प्रजिअ शंकर हरि आचार्य, सशस्त्र प्रहरी उपरिक्ष जीवन केसीले खादा, मायाको चिनो र टीका लगाई बिदाई गरेका थिए । यस्तै प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल उप सचिव हरि प्रसाद ज्ञवाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य युवा नेता राजेश ज्ञवाली, नगरपालिकाका सल्लाहकार अब्दुल रसिद खाँ लगायतले समते खादा र टीका लगाई बिदाई गरको थिए । सो अवसरमा एस्पी बस्नेतले १३ महिनाको बसाईमा आफुलाई सबै पक्षबाट सहयोग भएको बताए । कपिलवस्तु जस्तो संबेदनशील र चुनौतीपुर्ण जिल्लामा पनि ब्यक्तित नभै सबैको साझा प्रयासले काममा सफलता मिलेको उनले बताए । उनले आफुले सबै पक्षबाट पाएको सहयोग महत्वपुर्ण रहेको भन्दै सुरक्षाको प्रकृया अवलम्बन गर्नेक्रममा कही कतै तीतो अनुभव भए बिर्सन उलने आग्रह गरे । सो अवसमरा बैर्कस क्वलका अध्यक्ष श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न एस्पी बस्नेतले राम्रो काम गरेको बताए । उनले आगमी दिनमा पनि यसरी नै काम गर्ने कामना सहीत तितो मीठो अनुभव लिएर जान लाग्नु भएका बस्नेतलाई शुभकामना समेत दिए । एस्पी बस्नेत बिशेष सुरक्षागण महेन्द्रनगरमा सरुवा हुनु भएको हो । उहा बुधवार रमना लिई जाने बताइएको छ । कपिलवस्तुमा नवरत्न पौडेल सरुवा भई आउन लाग्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.