माओवादी पार्टीको एजेन्डामा सवै पार्टी केन्द्रित –जोख बहादुर महर

91

गुल्मी १६ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरले नेपालका सबै पार्टीहरू माओवादी केन्द्रको एजेण्डामा चलेको बताएका छन् । ञजनजनमा माओवादी, घर घरमा माओवाादीझ भन्ने नाराका साथ संचालन भएको जनतासँग माओवादी तीन महिने विशेष रूपान्तरण अभियानको शनिबार गुल्मीको रेसुङ्गा नगरपालिका (१२ मा उद्घाटन गर्दै नेता महराले देशका सबै दलहरू माओवादीकै वरिपरि रहेको बताए । धर्मनिरपेक्षता, तीन तहका सरकारसहितको संघीयता, समावेशीता जस्ता महत्त्वपूर्ण एजेन्डा माओवादी केन्द्रको भएको भन्दै नेता महराले अहिले पार्टीहरू यिनै एजेन्डाहरू स्वीकार्न बाध्य भएको बताए । फरक प्रसङ्गमा नेता महराले अहिलेको प्रचण्ड सरकारले भ्रष्टाचार न्यूनिकरण र सुशासनका पक्षमा दृढताको साथ काम गरेको दाबी गरे । नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन प्रकरण लगायतका बिषयमा सरकारले छानविन गरिरहेको हुँदा नागरिकमा सरकारप्रति आशा पलाएको नेता महराको भनाई छ ।
नेकपा माओवादी केन्द्रले आजबाट तीन महिने विशेष रूपान्तरण अभियान सुरू गरेको छ । उक्त अभियानको गुल्मी जिल्ला कमान्डरको रूमा महरा विगत केही दिनदेखि गुल्मी छन् । तीन महिनासम्म संचालन हुने अभियानमा माओवादी केन्द्रले हरेक नागरिकलाई भेट्ने, पार्टी र सरकारले गरिरहेको कामको नागरिकस्तरमा प्रचार गर्ने, नागरिकसँग छलफल गरि गुनासा संकलन गर्ने लगायतका पार्टी सुदृढीकरण र जनपक्षीय काम गर्ने माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले जानकारी दिए । रेसुङ्गा नगरपालिका (१२ को कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गीता थापा, नगर सह(इन्चार्ज खड्ग श्रेष्ठ, नगर अध्यक्ष गिरिप्रसाद महाकिम, प्रेस सेन्टरका केन्द्रीय सचिव प्रेम सुनार, नेता महराका स्वकीय सचिव भरत नेपाली लगायत नगर एवम् वडा कमिटीका विभिन्न पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.