कृष्णनगर भन्सारद्धारा साउनसम्म लक्ष्यको ९० प्रतिशत राजस्व संकलन

103

भदौ १२
कपिलबस्तु , गुलाम अली
कपिलबस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले राजस्वमा उठाउनमा गाति लिएको छ , चालू आर्थिक बर्ष २०८०–८१ को साउन महिनामा लक्ष्यको ९० प्रतिशत राजस्व उठाउन सफल भएको छ ।
यस आर्थिक बर्षमा कृष्णनगर भन्सार कार्यालयको साउन महिनमा लक्ष्य ४१ करोड ९६ लाख २१ हजार रहेको थियो जसमध्ये ३७ करोड ३४ लाख ३५ हजार राजस्व उठाउन सफल भएको जुन लक्ष्यको ९० प्रतिशत राजस्व उठाउन सफल भएको कृष्णनगर भन्सार कार्यालयको प्रमुख गगन बहादुर बि के ले जानकारी दिनु भएको छ ।
गत आर्थिक बर्ष २०७९–८० साउन महिनमा ३४ करोड ४ लाख ७५ हजार राजस्व उठेको थियो भने यस आर्थिक बर्ष २०८०–८१ साउन महिनमा ४१ करोड ९६ लाख जुन बिगत बर्षको साउन महिनमा ३ करोड बढी राजस्व उठाउन सफल भएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।
कृष्णनगर भन्सार कार्यालयमा मुख्य आयात हुने बस्तु धान चमाल ,एम एस बलेड ,खरानी ,हावई इन्धनमा प्रयोग हुने तेल , खाधान्न फलफुल यी सामानमा आयातमा बृद्धि भएको राजस्वमा बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । कृष्णनगर भन्सार कार्यालयको यस बर्षको लक्ष्य ५ अर्ब १४ करो १२ लाख ३० हजार रहेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.