छाडा चौपाया ब्यवस्थापनकालागि मुख्य मन्त्रीलाई ध्यानाकषर्ण गराउदै मेयर श्रेष्ठ

176

कपिलवस्तु जिल्लाभरी यत्रतत्र छाडा चौपायाका कारण ठुलो समस्या परेको भन्दै बुद्धभुमी नगरपालिकाका मेयर केवश कुमार श्रेष्ठले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ध्यानाकषर्ण गराएका छन । दाङको देउखुरी स्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर मेयर श्रेष्ठको अगुवाईमा ध्यानाकष्र्ण गराइएको हो । छाडा चौपायाले जिल्लामा ठुलो समस्या निम्त्याएको भन्दै आफुले मुख्यमन्त्री चौधरीलाइृ ध्यानाकषणर्् गराएका मेयर श्रेष्ठले बताए । आफुले छाडा चौपायाको ब्यवस्थापन र टिक्कर बुढ्ढी बिजगौरी सडकको स्त्तोरोन्नतीका बिषयमा माग गरेको उनले बताए । सो अवसरमा मुख्य मन्त्री चौधरीले आफु छाडा चौपाया ब्यवस्थापनमा प्रतिबद्ध मात्र होईन चालु आर्थिक बर्षको बजेट नीति र कार्यक्रममा समेत राखेको बताए । उनले कपिलवस्तुको बुढ्ढीमा यही भदौ ९ गते हुने छाडा चौपया ब्यवस्थापनको बिषय हुन लागेको बृहद अन्तरक्रिया कार्यक्रममा त्यस बारे गह छलफल गर्ने बताए । गौशाला निर्माणकालागि गब्दाहवामा रहेको ढाई सय हेक्टर वन क्षेत्रमा तारबार गर्ने प्रस्ताव रहेको छ । वनको स्विकृति पछि १० पालिका र प्रदेशको बजेटले त्यहा गौशाला निर्माण गर्ने योजना छ ।

Leave A Reply

Your email address will not be published.