माओवादीको अभियालाई सम्पपन्न गर्नका लागि दलित मोर्चाको बैठक सम्पन्न

96

भाद्र ५ गते

नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति रोल्पाको बैठक रोल्पाको लिबाङामा सम्पन्न भएको छ । सो बैठकले रोल्पा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (मओवादी केन्द्र) ले जनतामा माओवादी विशेष रुपान्तरतरण अभियानमालाई दलित मोर्चालाइे प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि अभियानमा जोडिने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सयोजक पूर्ण केसी, नेपाल दलित मुक्ति मोर्चाका केन्दीय केन्द्रीय उपमहासचिव कर्मलाल परियार, नेपाल दलित मुक्ति मार्चा केन्द्रीय सदस्य तथा विभागीय इन्चार्ज मानसिंह विश्वकर्मा, केन्द्रीय सदस्य तुलसी सुनार, प्रदेश समिति सल्लाहकार पोेखलाल विश्वकर्मा लगायतको आतिथ्यतामा सम्पन्न भएको छ । बक्ताहरुले अभियानका बारेमा प्रशिक्षण गर्दै जनतामा जानका लागि सबैलाई निर्देशन दिनुभएको थियो । बैठकले पार्टीको ३ महिने अभियानलाई सम्पन्न गर्नका लागि मोर्चाले निर्वाचन क्षेत्र, गाउँपालिकाका इन्चार्ज, संयोजकहरुको जिम्मेवारी प्रदान गरेको छ । बैठकले सदस्यता नविकरणका लागि सम्पूर्ण पालिका अध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । जिल्ला समवनयम समिति रोल्पाका संयोजक खड्कलाल पात्देउटीको अध्यतामा सम्पन्न भएको थियो भने सचिव भरत नेपालीले सञ्चालन गर्नुभएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.