छाडा चौपया ब्यवस्थापन तत्कालै गर्नु पर्ने,बेवास्ता गरिए अनसन बस्ने चेतावनी-वडाध्यक्ष गैरे

468

कपिलवस्तु भदौ ५
कपिलवस्तुबासी कै लागि ठुलो समस्याकारुपमा देखा परेको छाडा चौपायाको तत्कालै ब्यवस्थापन गर्नु पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले माग गरेका छन । छाडा चौपया ब्यवस्थान नगरिदा कृषकहरुले लगाएको बाली सखाप भएको छ भने सर्वसाधारणले समेत हैरानी खेप्नु परेको भन्दै त्यसको समाधान तत्कालै गरिनु पर्ने उनले माग गरे । ‘ छाडा चौपायाका कारण अहिले कृषकहरुले लगाएको धानबाली सखाप भएको छ, दुर्घटना समेत बढदै गएको छ ’ वडाध्यक्ष गैरले भने ‘ त्यसैले यसको समाधानमा ढिलाई गर्न हुन्न ’ । बढ्दो छाडा चौपायका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिडडुल गर्न निकै समस्या भईरहेको छ । नगरपालिकाको तौलिहवाका सडक, चोक, गल्ली, हाटबजारमा छाडा चौपयाले निकै समस्या सिर्जना गर्ने गरेका छन् । तौहिलवामा मात्र नभै जिल्लाको गाँउ देखि शहर र कृषक देखि ब्यापारी समेत छाडा चौपायका कारण समस्यामा परेका छन् । नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यती बिध्न बढेका छन की निर्बाध रुपमा सवारी साधन संचालनमा निकै बाधा पुगिरहेको छ ।

चौपायाले गर्ने जथाभावी दिशापिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ । बाटो–बाटामा गाई बस्तु बस्ने भएकाले यात्रुलाई हिडडुल र सबारीसाधनलाई आबागमन गर्न समस्या परेको छ । दुर्घटनामा परी अवोध चौपाया घाईते अंगभंग र मर्ने समेत गरेका छन । छाडा चौपया ब्यवस्थापन नगरिए आफु अनसन बस्न बाध्य हुने वडाध्यक्ष गैरले बताए । ‘ कपिलवस्तुका पालिका, प्रदेश र संघीय सरकारले यसको चाडै ब्यवस्थापन गरोस ’ उनले भने । उता यही भदौ ९ गते बुद्धभुमी नगरपालिकाको बुढ्ढी चोकमा ल्म्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा छाडा चौपया ब्यवस्थापनकालागि बृहद छलफल कार्यक्रम राखिएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.