कपिलबस्तु , गुलाम अली
कपिलबस्तुको सुठौली भन्सार कार्यालयले ८ लाख ६२ हजारको बराबारको सामान बरामत गरेको छ ।
भारतबाट अबैध रुपमा समानहरु आएको गोप्य सुचना सुठौली भन्सार कार्यालले थाहा पएपछि भन्सार र शशस्त्र प्रहरीले सयुंत्तरुपमा छापा मारेर माल बरामत गरेको सुठौली भन्सार कार्यालयले जनाएको छ ।
गोप्य सुचनाको आधारमा यशोधरा गाँउपालिका वडा ५ गोटिहवा छापा हानेपछि यी सामानहरु बरामत भएको हो । समानहरुमा बच्चाको चप्पल २६७ पीस २६ हजार ७ सय रुपैयाँको कटन पापलीन कपडा २२ सय २० मीटर १ लाख ५९ हजार ८ सयको , कुर्ता सलबार बनाउने कपडा १६ सय ९२ मीटर रु २ लाख ४३ हजार ६ सउ रुपैयाँको , ढाका पिन्ट १४ सय १४ मिटर १ लाख ७३ हजार ९ सय र लेडिज सुट ३०० मिटर रु २ लाख ५८ हजारको कुल ८ लाख ६२ हजार बराबरको समान बरामत गरेको सु्ठैली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सतराङीले बताउनु भएको छ ।