प्लान्ट क्वारेन्टाइन नुहँदा सुठौली भन्सार बन्द हुने स्थितीमा

103

कपिलबस्तु , गुलाम अली

कपिलबस्तुको जिल्लको दोस्रो सबैभन्दा ठुलो सुठौली भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन नुहँदा भन्सार कार्यालयनै बन्दा हुने स्थिती आईसकेको छ ।प्लान्ट क्वारेन्टाइन नहुँदा सुठौली भन्सारलाई जुन लक्ष्य दिएको छ त्यो पुर हुने सम्भावन नदेखिएको सुठौली भन्सार कार्यालयले जनाएको छ । सुर्ठौली भन्सार कार्यालयमा चालू आर्थिक बर्ष २०८०–८१ मा १ अर्ब ८१ करोड लाख राजस्व संकलन लक्ष्य रहेको छ भने साउन सम्म ३ करोड ११ लाख ६४ हजार मात्र राजस्व संकलन भएको सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सतराङीले बताउनु भएको छ । भारतले मुख्य रुपमा चमाल नेपालमा प्रतिबन्ध लागेपछि भन्सारमा गाढीनै आउन छाडेको प्रमुखले जानकारी दिए , फालफुल पनि आयात हुने कृष्णनगर र भैरहवाबाट पास भएकोले नाकानै सुक्न स्थिती भईसकेको सुठौली भन्सार प्रमुख सतराङीले बताउनु भएको छ । सुठौली भन्सार कार्यालयमा अहिले म्ुख्य रुपमा आयात दिन ३ देखि ४ गाढी खरानी ( सिमेन्ट कच्चा पदार्थ ) अहिले यो नाकाबाट पास भएको जानकारी भन्सार कार्यालयले जनाएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.