पकडीका प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

114

कपिलवस्तु ३२ साउन
जन प्रतिनिधिहरुलाई दुब्र्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत मायादेबी गाउपालिकाका प्रमुख सहीतको जन प्रतिनिधिहरुको टोलीले गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रहरीलाई ज्ञापन पत्र बु्झाउदै सो माग गरेको हो । मायादेबी गाउपालिका प्रमुख वलीद्दीन मुसलमान, प्रदेश सदस्य मधुसुदनशरण चौधरी, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल वडाध्यक्ष सहीतको टोलीले प्रजिअ शंकर हरि आचार्यलाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा उनीहरुले प्रहरी निरीक्षक क्षेत्रीले मायादेबी गाउपालिकामा चेकजाचको नाममा दुःख दिने, अपमान गर्ने र दुब्र्यवहार गर्ने गरेका आरोप लगाए । गत साउन २८ गते आईतवार जन गुनासो बढे पछि मायादेबी गाउपालिका प्रमुख मुसलमानका नेतृत्वमा ईलाका प्रहरी कार्यालयमा जादा प्रहरी निरिक्षक क्षेत्रीले दुब्र्यवार गरको बिज्ञपतीमा जनाइएको छ ।

पानी परिरहेको बेला इलाका प्रहरी कार्यालय अगाडिको बाटोमा ३ महिने दूधे बालकदेखि वृद्धवृद्धा बसेको मोटरसाइकल जाँच क्रममा इलाका प्रहरी कार्यालयका निरीक्षक शिव क्षेत्रीले अनावश्यक दुःख दिने र बदनीयतपूर्ण व्यवहार गरेको गुनासो आएको गाउपालिका प्रमुख बलीउद्दीन मुसलमानले बताए । जनप्रतिनिधि र प्रहरीले सहकार्य गरी जनताका हरेक समस्या समाधान गर्नुपर्नेमा प्रहरीले अनुदार भई जनतालाई दुःख दिने नियतले काम गरेको उनले बताए । प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाही नगरे मायादेबी गाउपालिकाका आम जन समुदाय सहीत चरणबद्ध आन्दोलनमा जान बाध्य हुने समेत बिज्ञप्तीमा चेतावनी समेत दिइएको छ । सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले आफुले सो बिषयमा बुझने र आवश्यक कदम चाल्ने बताए । प्रहरी निरिक्षक क्षेत्री र जन प्रतिनिधि बिच अमसझदारी बढे पछि मायादेबी गाउपालिकाले प्रहरीलाई दिने सहयोग समेत रोक्का गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.