बुहत्तर यौनिकता जिल्लास्तरीय प्राबिधिक कार्य समितिको बैठक

113

कपिलवस्तु साउन
स्थानीय तहमा निर्माण भई लागु हुने पाठयक्रममा बृहत्तर यौनिकता शिक्षाका बिषयबस्तुहरु समेत समाबेश गर्न लागि पहल गर्ने निर्णय गरिएको छ । कपिलवस्तुको तौलिहवामा संपन्न बुहत्तर यौनिकता जिल्लास्तरीय प्राबिधिक कार्य समितिको बैठकले सो निर्णय गरेको हो । यौनिकताका बिषय बस्तुहरु अझै पनि बिद्यालयमा प्रभावकारीरुपमा लागु नभएको, शिक्षकहरुले समेत अझै पढाउन आनकानी गरेका बैठकमा समस्या औल्याइएको थियो । शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तका प्रमुख थानेश्वर घिमिरेले अहिले जिल्लाका १० वटै पालिकामा स्थानीय पाठ्यक्रमहरु तयार भईरहेका भन्दै सोही पाठयक्रमका बिषयबस्तुहरुमा यौनिकताका बिषयबस्तुहरुलाई समाबेश गराउनु पर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले यौनिकता बिषयलाई पाठ्यक्रममा समाबेश गरेर प्रभावकारीरुपा लैजानु पर्ने बतए । यो बिषय पठनपाठनमा अझै पनि शिक्षक बिद्यार्थीहरु खुल्न नसकेको बताए । एक बिद्यालय एक नर्सको अवधारणा लागु गाराउन जिल्ला समन्वय समिति मार्फत सहजीकरण गर्ने बिद्यालयमा पठनपाठन गर्ने सबै शिक्षकलाई बुहत्तर यौनिकता बिषयमा तालिम दिने निर्णय गरेको छ । किशोर किशोरी मैत्री सुचना केन्द्र सवलीकरण तथा केन्द्रको संख्या बढाउने, स्थानीय तहमा कार्यरत नर्स र स्वास्थ्यर्मीलाई बृहत्तर यौनिकता शिक्षाका बिषयम अभिमुखीकरण गराउने, प्राबिधिक समितिको टीओर निर्माण गरी जिम्मेवारी दिने समते निर्णय गरिएको छ । बैठकमा यस अघि प्राबिधिक समितिले २०७९ मंसिर २९ गते गरको निर्णय, कार्यान्वयका अवस्थाका बारेमा युएनएफपिएका जिल्ला संयोजक संजय शर्माले जानकारी गराएका थिए । बैठकमा सिसो नेपालका खुमानन्द घिमिरेले बहत्तर यौनिकता शिक्षाका बारे बिस्तृत जानकारी गराएका थिए । सो अवसरमा युएनएफपिएका लुम्बिनी प्रदेश संयोजक राम थापाले बहत्तर यौनिकता शिक्षामा कपिलवस्तु र लुम्बिनी प्रदेशमा भएका प्रगतिहरुका बिषयमा जानकारी गराएका थिए । यस बर्ष बृहत्तर यौनिकता शिक्षामा राष्ट्रिय स्तरमा भएका गतिबिधिहरु अभिराम रोय तथा कपिलवस्तुमा यस बर्षकालागि बृहत्तर यौनिकता शिक्षा समबन्ध िकार्यक्रम खुमानन्द सुबेदीले जानकारी गराएका थिए । जिल्लाका ३ पालिका १३ बिद्यालयमा नुमनाकारुपमा बुहत्तर यौनिकता शिक्षा संचालन गरिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका शिक्षा शखाका प्रमुख हरि प्रसाद ज्ञवाली, शिवराज नगरपालिका शिक्षा शाखाका दिनेश कुमार चौधरी, सुद्धोदन गाउपालिका शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्माले यौनिकता शिक्षाका आफनो पालिकमा भएको प्रगतिका बिषयमा जानकारी गराएका थिए । बैठक शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेको अध्यक्षता, चोप लाल बेल्बासेको संचालन र जिल्ला समन्वय प्रमुख बावुराम आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.