ए एच एफ नेपालको परियोजना सल्लाहकार समितिको बैठक

141

कपिलवस्तु
एएचएफ नेपालद्धारा संचालित स्थानीय परियोजना सल्लाहकार समितिको बैठक कपिलवस्तुको तौलिहवामा संपन्न भएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका वडाध्यक्ष दिरेप चौधरीले एचआईभि संक्रमितहरुकालागि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता ब्यक्त गरे । उनले संक्रमितहरुको स्वास्थ्य शिक्षा उपचार लगायतमा नगरपालिकाले सहयोग जारी राख्ने बताए । सो अवसरमा कपिवसतु अस्पतालका मेसु बिपिन जयसवालले संक्रमितहरुको उपचार बिना भेदभाव जारी रहेने उनले बताए । आगामी भदौ २१ गते मानसिक रोगको स्क्रीनिङ गरिने भएकाले सो क्याम्पमा संक्रमितहरु सरिक हुन उनले आग्रह गरे । यस्तै उनले बिगतमा जस्तै संक्रमितहरुको ल्याब सेवा निःशुल्क हुने र अन्य उपचार समेत गरिने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा प्रोदशिक अस्पतालका भिम प्रसाद ज्ञवाली, रामशरण सेढाई, स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रविास्तव लगायतल संक्रमितहरुको उपचार र आयआर्जनकालागि सबैले पहल गर्नुपर्ने बताए । सो अवसरमा कार्यक्रम संयोजक धर्मराज भट्टराईले संक्रमितहरुको उपचारमा सबैले सहयोग गरेकोमा ध्रन्यावाद दिदै आगामी दिनमा समेत सहयोग जारी रा्रख्नु पर्ने बताए । कपिलवस्तुमा ५ सय बढी संक्रमितहरु छन ।

Leave A Reply

Your email address will not be published.