बिषादी च्याउ खादा एकै परीवारका ७ जना बिरामी

106

कपिलवस्तु २६ साउन
कपिलवस्तुको मायादेबी गाउपालिका ७ लालपुरमा बिषालु च्याउ खादा एकै परिवारका ७ जना बिरामी परेका छन । बिहीवार राति च्याउ खाएका उनीहरु बिरामी परेका हुन । स्थानीय ४५ बिर्षिय बिन्दु ठाकुर २६ बर्षिय करन ठाकुर २९ बर्षिय धर्मेन्द्र ठाकुर, २७ बर्षिया कुसुम ठाकुर ,४ बर्षिया अन्शिका ठाकुर, ६ बर्षका ज्योति ठाकुर र ३ बर्षका सुशान्त ठाकुर बिरामी परेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए । बिरामी परको सबैलाई कपिलवस्तु अस्पताल ल्याएर उपचार गरिएको थियो । उपचार पछि सबै जना निको भएको र घर फर्कि सकेको अस्पताल प्रशासनले जनाएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.