करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाईते

102

कपिलवस्तु २६ साउन
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २ जलैयामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो । घटनामा बालिकाकी हजुर आमा घाईते भएकी छिन । नलको मोटरकालागि लगएिको बिद्युतको तार छुदा साहिमालाई करेन्ट लागेको थियो । हजुर आमा ४८ बर्षिया अन्जुम भाँटले नातिनीलाई बचाउनेक्रममा करेन्ट लागेर घाईते भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । दुबैलाई उपचारकालागि चन्द्रौट तर्फ लानेक्रममा बालिकाको मृत्यु भएको र हजुर आमाको संजीवनी अस्पतालमा उपचार भईरहेको रानाले बताए । अन्जुमको अवस्था सामान्य रहेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.