शुद्धोधनको बजेट ५६ करोड ४८ लाख ८ हजार २३ रुपैया

98

कपिलवस्तु २६ साउन
कपिलवस्तुको सुद्धोधन गाउपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ५६ करोड ४८ लाख ८ हजार २३ रुपैयाको बजेट प्रस्तुत गरेको छ । लबनी स्वास्थ्य चौकी हलमा आठौ गाउ सभामा गाउपालिकाका प्रमुख कमलेशशरण चौधरीले प्रस्तु्त गरेका बजेट बहुमतले पास गरेको छ । स्थानीय सरकार संचालन ऐन अनुसार असार मसान्त भित्र ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट गाउ पालिकाले भने एक महिना ढिलो गरी ल्याएको हो । बजेट उप प्रमुखले पेश गर्नु पर्ने भए पनि उप प्रमुख होम प्रकाक कुर्मी सभामा अनुपस्थित भए पछि प्रमुख चौधरीले आफै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । बजेट कार्यक्रम र खर्चको बाडफाकाडको बिषयमा कुरा नमिल्दा बिगत ६ महिना देखि नै प्रमुख र उप प्रमुख बिच बालेचाल समेत बन्द भएको गाउपालिकाका एक वडाध्यक्षले बताए । आर्थिक विकास तर्फ ४ करोड ७५ लाख ५० हजार, सामाजिक विकास तर्फ २६ करोड ७७ लाख १४ हजार २३ रुपैया, पुर्वाधार विकास तर्फ ११ करोड ५ लाख ९४ हजार, सुशासन विकास तथा अन्तर समबन्धी क्षेत्र तर्फ २ करोड ९८ लाख ४५ हजार तथा कार्यालय संचालन र प्रशासनिक खर्च तर्फ १० करोड ९१ लाख ५ हजार रकम बिनियोजन गरिएको छ । गाउपालिका प्रमुख, उप प्रमुख र वडागतरुपमा समेत बजेट छुट्टाइएको छ । चालु आर्थिक बर्षकालागि आन्तरिक श्रोत तर्फ भने १ करोड ४५ लाख ५० हजार उठने अनुमान गरिएको छ । बजेले कृषि तथा पशु पालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई ब्यवसायिककराण् गर्ने तर्फ उन्मुख हुने प्रमुख चौधरीले बताए । सामाजिक सुरक्षा र तथा सामाजिक संरक्षण, पुर्वाधार निर्माण तर्फ बिशेष जोड दिइएको छ । हाल सम्म जग्गा बिवादले गर्दा गाउपालिको भवन निर्माण हुन सकेको सन्दर्भमा सो भवन निर्माण सुरु गर्ने सिचाई, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । बिपद र प्राकृति प्रकोयपबाट हुन सक्ने धन जनको क्षति रोक्न र राहत दिनकालागि समेत बजेटमा रकम छुट्टाइएको छ । कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संबृद्ध बनाउन सहमति सहकार्य, एकता र सामुहिक प्रतिबद्धता सहीत अघि बढने योजना रहेको प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । लुम्बिनी प्रदेशमा ५ पालिकाले समयमा बजेट ल्याउन सकेका छैनन । त्यस मध्ये कपिलवस्तुको सुद्धोदन र मायादेबी गाउपालिका हो । सुद्धोदनले बजेट एक महिना ढिलो गरी ल्याएको हो । मेयर र उप मेयरको कुरा नमिल्ने तथा गाउपालिका प्रमुखको कार्यपालिकामा आफनो बहुमत नभएकोले यस बर्ष पनि बजेट कार्यान्वयमा चुनौती देखिएको छ । सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको आतिथ्यता र ईश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.