तौलिहवा उद्योग बाणिज्य द्धार संघ ज्ञापन पत्र बालबिटोरी जग्गाको लालपुर्जा पाउनु पर्ने माग

401

कपिलवस्तु २४ साउन
बालबिटोरी ( गाउ ब्लक र मिन्हा डिही ) जग्गाको समस्या समधान गर्नु पर्ने माग गर्दै तौलिहवा उदोग बाणिज्य संघले नापी कार्यालय कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ । कपिलवस्तुको तौलिहवा बजार, कृष्णनगर बहादुरगंजमा रहेको जग्गाको नाप जाच नगर्दा बर्षौ देखि बालबिटोरीकारुपमा जग्गा रहदा जग्गाधनीले स्वामित्व नपउदा समस्यामा परको भन्दै संघले यो समस्याको निकाश दिनु पर्ने माग गरेको हो । संघका जिल्ला अध्यक्ष गयादीन कुर्मी र पुर्व अध्यक्ष अनिल कसौधन सहीतको टोलीले प्रमुख नापी अधिकृत पुरन चौधरीलाई ज्ञापन पत्र बुझाएका थिए । बर्षो दखि भोग चलन गर्दा आए पनि लालपुर्जा बिहीन हुदा ब्यापारी सर्वसाधारण मर्कामा परेको कुर्मीले बताए । २०२८ साल जग्गाको नापी हुदा घना बस्तीकारुपमा रहेको क्षेत्रलाई बालबिटोरीका र गाउ ब्लककारुपमा कायम गरी छाडिएको थियो । अहिले सम्म सो जग्गाको नाप जाच नहुदा जग्गाका यकीन हुन नसकेकोले त्यति बेला देखि नै बाल बिटोरीकारुपमा जग्गा रहदै आएको नापी अधिकृत चौधरीले बताए । जग्गा नाप जाच ऐन २०१९ को दफा ६ को ५ मा बालबिटोरी र गाउ ब्लकका बिषयमा उल्लेख रहेको छ ।

नाप जाच निर्देशिका २०७७ ले गाउ ब्लक सम्बन्धी केही कुरा उल्लेख गरे पनि स्पष्ट नह्ुदा समस्या परेको चौधरीले बताए । आफुहरुले नापी बिभागमा जग्गा सम्बन्धी समस्याका बिषयमा २०७९ कार्तिक २७ र २०८० साउन १२ गते समेत चाडै समाधान नर्ग पत्राचार गरी पठाएको उनले बताए । जग्गा सम्बन्धी ऐन मै बालबिटोरी र गाउ ब्लकका बिषय उल्लेख नभए सम्म समस्या समाधान नहुने उनले बताए । संभवतःयही आर्थिक बर्ष भित्र जग्गा सम्बन्धी ऐन परिमार्जित हुने उनले बताए । बाल बिटोरी जग्गाका यशाशिघ्र नाप जाच गरी जग्गाको लालपुर्जा बितरणको प्रकृया पुरा गर्न संघले माग गरेको छ । मागको सम्बोधन नगरिए आन्दोलनमा जान बाध्य हुने संघले चेतावनी समेत दिएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.