कपिलवस्त, २४ साउन
नेपाल किशान महासंघको ७२ औ स्थापना दिवसमा तौलिहवामा बृक्षारोपण गरिएको छ । महासंघको कपिलवस्तु शाखाको अगुवाई कांग्रेसको तौलिहवा स्थित पार्टी कार्यालय परिसरमा बिभिन्न प्रजातिका बिरुवा रोपिएको हो । कांग्रेस केन्द्रिय सदस्य अब्दmुल सत्तारको प्रमुख आतिथ्यतामा , पार्टीका प्रदेश उप सभापति भुवन श्रेष्ठ, प्रदेश सदस्य सुधाकरण पाण्डेय, जिल्ला सभापति अब्दुल कलाम लगायतको सहभागीतामा बृक्षारोपण गरिएको हो । आप, लिची, अमला, निम लगायतका बिरुवाहरु रोपिएको थियो । सो अवसरमा केन्द्रिय सदस्य सत्तारले कृषकहरुको समस्या समाधानकालागि सरकारले ठोस कदम चाल्नु पर्ने बताए । तिनै तहका सरकारले कृषकहरुको समस्या समाधानकालागि बिशेष पहल गर्नु पर्ने बताए । कांग्रेस जहिले पनि कृषकहरुको पक्षमा रहेको उनीहरुको समस्या समाधानकालागि पहल गर्ने बताए । सो अवसरमा प्रदेश सदस्य पाण्डेयले प्रदेश सरकारमा कृषकहरुको समस्या समाधान गर्न पहल गर्नु प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा महासंघका जिल्ला सभापति गंगा बहादुर बिस्टले कपिलवस्तुमा कृषकहरुलाई मलखाद सिचाई, अनुदानमा कृषि यन्त्र लगायतका सु्बिधा दिनु पर्ने माग गरे । मुलुकमा कृषि क्रान्ति नआई देशको आथिृक विकास नहुने भन्दै कृषकहरुको सवाललाई सरकारले सम्बोधन गर्नु पर्ने माग गरे । कार्यक्रममा पार्टीका जिल्ला उप सभापति हुमाकान्त खनालकपिलवस्तु नगरपालिका अध्यक्ष खुर्सेद अहमद खा, सह सचिव माहोम्मद वजी अर्सद, नेता अनुप पाण्डे लगायतको सहभागीता थियो ।
Prev Post