कपिलवस्तु २४ साउन
कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा पोखरीमा डबुेर दाजु भाईकोे मृत्यु भएको छ । मंगलबार दिउसो ४ देखि हराएका दुबै जनाको शव घर नजिकैको पोखरीमा बुधवार बिहान फेला परेको हो । राम अवतारका छोराहरु वर्ष ५ बर्षका राजन यादव र ७ बर्षका साजन यादवको शव घर नजिकैको अर्जुन यादवको पोखरीमा फेला परेको ईप्रका कृष्णनगरले जनाएको छ । प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको थियो । दुवै जनाको शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ । घटनाको बिषयम थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्ष घलले बताए । घटना पछि बगघी गाउ नै शोकमा डुबेको छ ।