नगर सुन्दरीकरणका लागि एक हजार बिरुवा बृक्षारोपण

99

कपिलवस्तु साउन २३
कपिलवस्तु नगरपालिका प्राचिन नगर सुन्दरीकरण गर्न कपिलवस्तुको हुलाकी राजमार्ग अन्र्गत तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवा सम्म रहेको मेडियनमा बृक्षारोपण गरिने भएको छ । जमुहार देखि छोटकी तौलिहवा सम्म रहेको २७ सय मिटर क्षेत्रमा एक हजार बिरुवा रोप्ने तयारी गरिएको हो । कपिलवस्तु नगरपालिको अगुवाईमा बैक लगातयका संघ संस्थाहरुको सहभागीतामा बेगम बेलिया जातको बिरुवा रोप्ने तयारी गरिएको हो । सोही बिषयमा कपिलवस्तु नगरपालिकाले बैक, जिल्ला सुरक्षा समिति सहीत सरोकारवालाको छलफल कार्यक्रममा मेयर सुदीप पौडेलले बुद्ध नगरीमा सुरन्दरीकरणकालागि बृक्षारोपणको तयारी गरिएको बताए । उनले सो कार्यमा होतमालो गर्न तौलिहवामा रहेका १९ वटै बैक तथा बित्तिय संस्थालाई आग्रह गरे । ‘ प्राचिन नगरीलाई सुन्दरीकरण गर्ने अभियानमा जुटेका छौ, यसमा सबैले हातेमाले र सहयोग गर्नु पर्छ भन्ने आशा र बिश्वास लिएका छौ ’ उनले भने । सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले नगरलाई स्वच्छ र हराभरा बनाउने अभियानलाई सबैले साथ दिनु पर्ने बताए । उनले यो कार्यमा सबै एकजुट भई अघि बढनु पर्ने बताए । प्रमुख प्रशासकीय अधिृकत गणेश प्रसाद अर्यालले बृक्षारोपणकालागि झन्डै ८२ लाखको लागत अनुमान तयार गरेको बताए । जसमध्ये नगरपालिकाले यही आर्थिक बर्ष बृक्षारोपणकालागि ५० लाख बजेट बिनियोजन गरेको बताए । बर्षायाम भित्रै आफुहरुले यो कार्य संपन्न गर्ने योजनामा रहेको बताए । सो अवसरमा नगरपालिकाका ईन्जीनीयर राजेश कुमार सैनीले मेडियनमा सबैको सर सल्लाह अनुसार बेगम बेलिया जातको बिरुवा रोप्न उपयुक्त हुने सल्लाह अनुसार नै काम गरको बताए । उनले बिरुवाकालागि आफुहरुले भारतको बिभिन्न स्थान र नेपालमा रहेको नर्सरीको समते अनुमगन गरेको बताए ।

बेगम बेलिया २ महिना मै फुल्ने र सुन्दर देखिने तथा गाईबस्तुहरुले समते नखाने भएकाले उपयुक्त रहेको उनले बताए । २७ सय मिटर क्षेत्र मध्ये दुई दुई मिटर लम्बाईमा खाल्टो खन्ने काम समेत भई सकेको छ । बेगम बेलिया प्रति बिरुवा साढे ३ सय, प्रति बिरुवाको मल ५० रुपैया र बाकी रेलिङकालागि खर्च गर्ने योजना छ । बैङ्कर्स तौलिहवाका नविब बहादुर श्रेष्ठले नगरपालिकाको यो अभियानमा आफुहरुको साथ रहेको प्रतिबद्धता ब्यक्त गरे । उनले यसकालागि आफुहरुले बैकको केन्द्रिय कार्यालयलाई योजना बारे जानकारी गराउने र स्विकृत भए पछि लगानी गर्ने बताए । बैक तथा बित्तिय संस्थाहरुले प्रहरीहरुले सुरक्षाकालागि समेत आफुहरुको बैकको बेला बेलामा सुरक्षा अनुमगन समेत गर्न आग्ह गरेका थिए । सो अवसरमा प्रहरी उपरिक्षक प्रमे बस्नेतले बैक तथा बित्तिय सस्थाको सुरक्षाकालागि बिशेष निग्रानी रहने बताए । उनले तौलिहवाको चोक चौराहमा रहेको सिसि टिबि बिगीएकाले नया जडान गर्न अपील समते गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, तौलिहवा उद्योग बाािण्ज्य संघका अध्यक्ष गयादीन कुर्मी, डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृुत खिल बहादुर तामाङ लगातयको सहभागीता थियो ।

b 4
Leave A Reply

Your email address will not be published.