कपिलवस्तु २३ साउन
गएराती बसको ठक्कर दिदा १० वटा गाई, गोरुको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट गाइगोरु हरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
काठमाण्डौबाट दाङ तुल्सीपुर जादै गरेको रात्री बसको ठक्करबाट ५ गाई र ५ गोरुको मृत्यु भएको थियो भने ४ वटा पशु चौपायाँ घाईते भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
गाईगोरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । राती अध्यधिक पानी परेको र तिब्र गतिका कारण विच सडकमा रहेका गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईते पशुको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सकले उपचार गरि जंगल तिर लागेको र अन्यको पोष्ट मार्टम गरी गाडीएको प्रहरी जानकारी दिएका छन ।