प्रारम्भिक बाल विकास सम्बन्धी १० दिने टिपिडी तालिम

135

कपिलवस्तु साउन २३
नेपाल एकीकृत विकास परियोजना (एनआईडिपी ) २०२३ अन्र्गत बाल विकास सहजकर्ताकालागि प्रारम्भिक बाल विकास सम्बन्धी प्रथम चरणको १० दिने टिपिडी तालिम कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । सेचन करुणाको सहयोग तथा सेतो गुरास संस्थाको प्राबिधिक सहयोगमा यशोधरा र बिजयनगर गाउपालिकामा रहेको बाल विकास केन्द्रमा कार्यरत सहकर्ताहरुकालागि तालिम संपन्न गरिएको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले जिल्लाको शैक्षिक स्तर सुधार गर्न सबैले पहल गर्नु पर्ने बताए । उनले गुणस्तरीय शिक्षा र बिद्यालयमा आउने वातवरणकालागि बाल विकास केन्द्रमा सिकाईलाई प्रभावकारी बनाउनु पर्ने बताए । सो अवसरमा प्रशासन कार्यालयका प्रशाकीय अधिकृत निर्मल पोख्रेलले बाल विकास केन्द्रलाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा शेचन करुवाका कार्यकारी निर्देशक सलभ राना, सेतो गुरासकी सहजकर्ता अनिता शर्मा, दिपेश महर्जन, नेपाल पत्रकार महासंघका जिल्ला अध्यष किरणमान एकीकृत विकास परियोजनाका हुमलाल अधिकारी लगायतल बाल विकास केन्द्रलाई प्रभावकारी बनाउदै लानु पर्नेमा जोड दिए । तालिममा सहभागी कौशल्या न्यौपानेले आफुहरुलाई सरकारले बिभेद गरेको बताए । बिद्यालयका आफु सहरका शिक्षक शिक्षिकाले पाउने सुबिधा आफुहरुले नपाएको र न्युन पारिश्रमिकमा मिहिनेतकासाथ बाल बालिकाहरुलाई सिकाउने गरेको बताए । ‘ हाम्रो कुरा कसैले सुन्दैनन, कहा गएर सुनाउने हो ’ उनले निराश हुदै भनिन । तालिममा २० जना सहभागी छन । यो तालिम पछि ५ दिनेको अन्य तालिम र बाकी थप १० दिनेका तालिम पछि उनीहरुको टिपिडी तालिम सकिने छ । कार्यक्रम हिमलाल खनालको अध्यक्षता र घन श्याम कोरीको संचालनमा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.