कांग्रेसको ‘ आन्तरिक बिशेष अभियान ’ सुरु‘ ब्यानर फेरियो नारा फेरियो, तर फेरिएन मनहरु ’

86

कपिलवस्तु २१ साउन
पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन पार्टी सुदृढीकरणको नाममा कांग्रेसले बर्षो देखि पटक पटक बिभिन्न नाममा अभियान संचालन गर्दै आएको छ । २०४६ सालको जन आन्दोलन, २०६२÷६३ को आन्दोलन, संबिधान सभाको निर्माण लगायतमा कांग्रेसले बिभिन्न नारा सहीत अभियान संचलान गदै आएको छ । यस पटक पनि पार्टीको सुदृढीकरणका निम्ति कांग्रेसले देश ब्यापीरुपमा आन्तरिक बिशेष अभियान साउन २० देखि ३० गते सम्म संचालन गर्ने निर्णय गरेको छ ।तर अभियानले पनि कांग्रेस पार्टीमा खासै सुदृढीकरण नहुने कपिलवस्तुको तौलिहवामा पार्टीको जिल्ला कार्य समितिले गरको यही कार्यक्रमका बक्ताहरुले सुझाव दिनेक्रममा ब्यक्त गरेका छन । ‘ ब्यानर फेरियो नारा फेरियो, तर फेरिएन मनहरु ’ भन्दै बक्ताहरुले तीब्र असंतुष्टी ब्यक्त गरेका छन । उनीहरुले यो कार्यक्रमले समते खासै उपलब्धी नहुने बताए । सो अवसरमा कांग्रेस नेता बिष्णु पोख्रेलले बर्षौ देखिको पार्टी नेता र कार्यकर्ताहरु बिचको तिक्तता र रिक्तता अझै कायम रहेको बताए । उनले पार्टीको कन्द्रिय नेताहरु नै नसुध्रीए सम्म कांग्रेसको यस्तो अभियानले मात्र केही हुन नसक्ने बताए । अर्का पार्टी नेता राजु प्रसाद अर्यालले कांग्रेसको यस्तो पाराले कहिले सुधार नआउने बताए । उनले पार्र्टीमा मुल्यांकन गर्ने परिपाटी नभएको धेरै समस्या उत्पन्न भएको बताए । ठुला पार्टी कांग्रेस भए पनि अहिले जनतामा निराशा कायम रहेको बताए । उनले एक ब्यक्ति एक पदको अवधारणा लागु गर्नु पर्ने बताए । कांग्रेस जिल्ला कार्य समितिका सह सचिव माहोम्मद वजी असंदले केन्द्र देखि जिल्ला सम्म नै नेताहरुले नै गुट उप गुट बनाउने गरेको आरोप लगाए । नेता जमसरेल अली मियाले कांग्रेसले भयावह बन्दै गएको आर्थिक अवस्थालाई सुधार गर्ने गरी अघि बढनु पर्नेमा जोड दिए । कांग्रेस नेता बर्तमानमा उठीरहेका भ्रष्ट्राचारको मुद्दालाई सहीरुपमा कार्यान्वय गनर््ु पर्ने बताए । पार्टीको कपिलवसतु नगरपालिकाका नगर सभापति खर्सेद अहमद खाँले पार्टी नेता र कार्यकर्ताहरु बिचको असझदारी हटाएर मनोबल बढाउने काम गर्नु पर्ने बताए । केन्दिूय प्रतिनिधि र कांग्रेस केन्द्रिय सदस्य अब्दुल सत्तारले पार्टीको अवस्था बारे जानकारी लिन र पार्टीलाई एक ढिक्का बनाउन यो अभियान संचालन गरिएको बताए । उनले नेताहरुलाई चोक चौराहामा गाली गर्ने प्रबुत्तिको अन्त्य गर्नु पर्ने बताए । ‘ कांग्रेसीहरु आफैले चोक चौराहामा गएर कांग्रेस सकियो भन्ने गर्छन, यसले अझै नराम्रो सन्देश जाने गरेको छ ’ उनले भने ‘ बिपक्षी कुनै पार्टीले भन्न नसक्ने कुरा कांग्रेसीहरु आफैले गर्ने गरको छैन यो राम्रो कुरा होईन ’ उनले भने ‘ कांग्रेसलाई कसैले सिद्धाउन सक्दैन ’ ।‘ समस्याहरु हामी भित्रै छ, नेताहरुलाई गाली मात्र गरेर केही हुदैन, समाधान हामीले नै खोज्ने हो ’ उनले भने । उनले बिगतका तीता मिठा कुरा बिर्सेस एक जुट र एकठ्ठा हुनु पर्ने बताए । सो अवसरमा पार्टी नेता अतहर कमालले पार्टी, भातृसंगठनलाई समते थप बलियो बनाउदै लागु पर्ने बताए । सो अवसरमा कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले गुटउप गुट अन्त्य गरी पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । कांग्रेस नेता मोहन श्रेष्ठ, पार्टीका पुर्व जिल्ला उप सभापति राजेश आचार्य, बिरेन्द्र कनौडिया, सहसराम यादव लगायतले पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम पार्टीै जिल्ला सभापति अुब्दुल कलामको अध्यक्षता, उप सभापति हुमाकान्त खनालको स्वागत र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.