नेपाल किसान महासंघ द्धार ज्ञापन पत्र कपिलवस्तुलाई सुखाग्रस्त जिल्ला घोषणा तथा क्रेडिक कार्ड लागु गर्नु पर्ने माग

298

कपिलवस्तु १८ साउन
नेपाल किसान महासंघ द्धार कपिलवस्तुलाई सुखाग्रस्त जिल्ला घोषणा गर्नु पर्ने माग गरिएको छ । कपिलवस्तुका कृषकहरुले अझै रोपाई गर्न नसकेको र रोपाई गरको धान खेतमा समेत चिरा परेर डढेकोले कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने नेपाल किसान महासंघले माग गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै महासंघले सो माग गरेको हो । महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिस्टले आकाशे पानीमा भर पर्दै आएका कृषकहरुले यस बर्ष न्युन बर्षा हुदा केही कृषकले रोपाई गरेको र केहीले गर्न बाकी रहेको र रापेको धानमा समेत चिरा परेको बताए । पर्याप्त पानी नपर्दा कृषकहरु मारमा परेकोले जिल्लालाई सुखाग्रस्त घोषणा गनू्र पर्ने माग गरे । महासंघका अध्यक्ष बिष्टको अगुावईमा प्रजिअ आचार्यलाई बुझाइएको ज्ञापन पत्रमा आकाशे खेतमा भरमा रहेका कपिलवस्तुका प्रत्येक कृषकहरुको खेतमा बोरिङको ब्यवस्था हुनु पर्ने समे माग गरिएको छ । जिल्लामा रहेको ८१ हजार खेतीयोग्य जमिनकालागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डिएपी र ५ सय मेट्रिकक टन पोटास उपलब्ध गराउनु पर्ने माग गरिएको छ । सरकारले सहजरुमपा मलखाद बितरणको प्रकृया अबिलम्ब गनर््ु पर्ने, बर्षे बालीकालागि बैशाख र जेठमा र हिउदे बालीकालागि भदौ र असोज मै मलखाद उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

कृषि सहकारीबाट मलखाद बितरण प्रकृया अपारदर्शी र ब्लेकमा समेत बिक्री गर्ने गरिएको भन्ने ब्यापक जन गुनासो आएकाले सो प्रावधान हटाई कृषकहरुलाई क्रेडिट कार्ड बनाई समास्याको समाधान गर्नु पर्ने समेत माग गरिएको छ । ज्ञापन पत्रको बाद्धार्थ कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, महासंघको केन्द्रिय कार्यालय र कांग्रेस पार्टीलाई समेत दिइएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.