कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित आन्दोलन चोकबाट भारतीय पैसा तथा श्रोत नखुलेको नेपालली रकम सहित एक जना व्यक्त्ति प्रकाउ परेको छ ।
प्रकाउ पर्नेमा स्थानिय नित्यानन्द बर्माको घर भाडा गरि बस्ने सुनिल गुप्तालाई ४८ लाख नगद सहित सहित प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा १४ लाख ९४ हजार ९ सय २० रुपैयाँ भारतीय रुपैयाँ र २४ लाख १३ हजार २ सय ५५ नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु ले जानकारी गराएको छ
गोप्य सूचनाको आधारमा छापा हानी प्रहरीले सो अवैध रकम सहित गुप्तालाई प्रकाउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।