करेन्ट लाग्दा एक महिला को मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका– ५ पर्सियामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ईजहार अलिको श्रीमति बर्ष २६ की अपसना खातुनको करेन्ट लगोका घर मै मृत्यु भएको हो । आफु सुत्ने कोठाको स्टेन फ्यानको तार बाट करेन्ट लागि खातुनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए । मृतकको श्रीमान,२ छोरा र मृतकको आमा रहेको अन्य अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।