(युएमएन) को संचालित कार्यक्रम सम्बन्धी सल्लाहकार समितिको बैठक संपन्नदोहोरोपन हटाउनु पर्नेमा जोड

143

कपिलवस्तु
कपिलवस्तुको तौलिहवामा युनाईटेड मिशन टु नेपाल ( युएमएन ) को संचालित कार्यक्रम सम्बन्धी सल्लाहकार समितिको बैठक संपन्न गरिएको छ । शनिवार सल्लाहकार समितिले नै युएमएनको सहयोमगा जिल्लाका दुई साझेदार संस्थाहरु दलित सामाजिक विकास केन्द्र र सनसाईन सामाजिक विकास केन्द्रको प्रतिनिधिको टोलीले मायादेबी र यशोधरा गाउपालिकामा संचालित कार्यक्रमको स्थलगत अनुगन समेत गरेको थियो । युएमएनले २०६४ साल देखि जिल्लामा स्वास्थय शिक्षा र सामुदायिक विकासको क्षेत्रमा काम गर्दै आएको छ । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले दुई पालिकामा संचालित कार्यक्रम प्रभावकारी भएको भन्दै संचालित कार्यक्रममा दाहोरोपन हटाउनु पर्ने बताए । उनले कार्यक्रमलाइृ अझ प्रभावकारीरुपमा अघि लैजानुु पर्नेमा जोड दिए । सदरमुकाम दक्षिणका क्षेत्रमा वैकल्पिक उर्जाका लागि गोबर ग्यासको प्रबद्र्धन गर्न लाग्नु पर्ने उनले बताए । उनले पछिल्लो समय जिल्लाको कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको बिकास सुचकांकलाई मध्य नजर गरि .कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिने गरेको बताए । सल्लाहकार समितीको बैठकले सो दाहोरोपन हटाउनु पर्ने लिखित सुझाव समेत दिइएको छ । बैठकले परियोजनाका कार्यक्रम छनौट र कार्यान्वयन गर्दा लाभग्राहीमा दोहोरोपन आउन नदिने, सरकारी निकायले उपलब्ध गराउने श्रोत बारे समन्वय गर्ने र मानसिक स्वास्थ्य परियोजनालाई मायादेवी गाउँपालिका मात्रै नभई अन्य पालिकामा बिस्तार गर्न सुझाव दिईएको हो । समितिले गरेको अनुगमनमा जिविकोपार्जन सुधारको कार्यक्रम कार्य क्षेत्रमा प्रभावकारी कार्यान्वयन भएको भेटिएको जनाए । सो अवसरमा युएमएनका जिल्ला कलस्टर टिम लिडर रुप कुमार बिकले सनसाईन सामाजिक बिकास संस्था र दलित सामाजिक बिकास केन्द्रको साझेदारीमा जिल्लाको दुई पालिकामा ६ वटा परियोजना कार्यान्वयन गरिएको जानकारी दिए । उनले सेक्योर परियोजना अन्र्तगत जिविकोपार्जन सुधारका कार्यलाई बढावा दिएको र सिवाईसिसी परियोजना अन्र्तगत मायादेवीका २३ बिद्यालयका १ सय ४ कक्षा कोठामा सामाग्री उपलब्ध गराई बालमैत्री बनाउन भुमिका खेलिएको जनाए । त्यसै गरि ति कार्य क्षेत्रमा स्वास्थ्य पुर्नस्थापना कार्यक्रम, अपाङ्गता भएका बालबालिकाको सामाजिक र उपचारमा प्राथमिकता कार्यक्रम, शान्तिको लागि स्थानिय क्षमता परियोजना र मानसिक स्वास्थ्य परियोजना सञ्चालन हुदै आएको बताए । कार्यक्रम सञ्चालनमा लाभग्राही छनौटमा दोहोरोपन आउन दिन नहुने समन्वय समितिका उपप्रमुख रमेश कुर्मीले सुझाव दिए । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बैदेशिक रोजगारीले मानसिक स्वास्थ्यमा समस्या बढाएकोले कार्यक्रम सो बिषयमा केन्द्रित गर्नु पर्ने बताए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले पुर्वाधार बिकास भन्दा पनि शिक्षामा लगानीले प्राथमिकता पाउनु बताए । जिल्ला समन्वय अधिकारी भ्ु्मीराम पोख्रल पशु बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनाल, गैसस महासंघ जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय, दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदास, सनसाईनका अध्यक्ष शिवलाल यादव, युएमएनका मेल्सन श्रेष्ठ लगायतले सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्लास्तरको सहकार्य बृद्धि गर्नु पर्ने सुझाव दिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको संचालनमा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.