कपिलवस्तु २४ असार
एसईई २०७९ मा फोर जिपिए ल्याएर कपिलवस्तु मै सर्वोकृष्ठ भएका कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ ठकुरापुरका सक्षम सुबेदीलाई एक लाख रुपैया प्रदान गरिएको छ । उनी अध्ययरत होराईनजन अंग्रेजी आवसिय माध्यमिक बिद्यालयले सुबेदीलाई एक लाख रुपैयाको चेक प्रदान गरेको हो । बिद्यालयले राखेको दिक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रजिअ शंकरहरि आचार्य सहीतको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए । सो बिद्यालयले एसईईमा ४ जिपिए ल्याउने बिदार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो । सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्ला कै शीर उचो राखेको बताए । नगरमा अहिले एसईईमा बिद्यालयहरुमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए । आफुहरुले नगरको शिक्षाको स्थिति बजबुत गराउन गरको प्रयासले शिक्षाको स्थितिमा सुधार आएको बताए । कार्यक्रमा बिद्यालयबाट एसईईमा रामे अंक ल्याई पास गरको अन्य बिद्यार्थी अभिभाव, शिक्षकहरुलाई समते सम्मानित गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य बासुदेव घिमिरेले एसईई २०७८ र २०७९ दुबै सालमा बिद्यालयका बिद्यार्थीले ४ जिपिए ल्याएर आफनो बिद्यालयको नाम राखेको बताए । उनले आफनो बिदालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए । कार्यक्रममा ४ जिपिए ल्याएका सक्षमले आफनो यो सफलता आमा बुवा, शिक्षक बिद्यालयले पाएको भन्दै यो सफलतामा सबैकालागि भएको बताए । उनले आफु भबिष्यमा गणीतज्ञ बनेर देशमै केही गरेर देखाउन चाहेको बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा रोटरी क्वलका नेपाल र भुटाका प्रमरख राजेन्द्र ध्वजुलाई समेत सम्माति गरिएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशाकीय अधिकृत खिमानन्द भुसाल, नगरपालिका शिक्षा शाखाका प्रमुख खिम बहादुर जिसि लगायतले शुभकामना मन्तब्य दिएका थिए । आईतवार एसईईमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी सहीतको टोलीले बाजागजा सहीत नगर परिक्रमा समेत गरेका थिए ।