कृष्णनगर भन्सार कार्यालको लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन

311

गुलाम अली
कपिलबस्तु , असार २४
कपिलबस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९।८० लक्ष्यको जम्मा ५०.९८ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको छ ।
चालु आर्थिक बर्ष २०७९।८० मा कृष्णनगर भन्सार कार्यालको लक्ष्य ७ अर्ब ७९ करोड २४ लाख २४ लाख ५ हजार रहेको थियो , कृष्णनगर भन्सार कार्यालय असार महिनाको अन्तिम सम्म जम्म ३ अर्ब ९२ कारोड ९ लाख ६४ हजार मात्र राजस्व उठउन सफल भएको छ , जुन लक्ष्यको ५०.९८ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कृष्णगर भन्सार कार्यलयका प्रमुख गगन बहादुर बि के ले जानकारी दिनु भएको छ । अहिले असारको केही दिन मात्र बाकी हुँद लक्ष्य पुर सम्भावन देखिएको छैन कृष्णनगर भन्सार कार्यालयको प्रमुख बि के बताए ।
गत बर्षको तुलनामा यस बर्ष २६ प्रतिशत राजस्व कमी आएको छ , गत बर्ष ७८।७९ मा ५ अर्ब ४१ करोड ८३ लाख राजस्व उठाउन सफल भएको थियो भने यस बर्ष जम्मा ३ अर्ब ९२ कारोड ९ लाख ६४ हजार मात्र राजस्व उठउन सफल भएको छ
कृष्णनगर भन्सार कार्यालयमा मुख्य आयात हुने बस्तु धान चमाल ,एम एस पलेड ,खरानी , खाधान्न फलफुल यी सामानमा आयातमा निकै कमी आएको खासगरी चमालमा ५१ प्रतिशतले कमी आएको छ भने ,एम एस बलेडको आयातमा ९० भने खरानीमा ६१ प्रतिशतले कमीले क आएको छ भने तरकारी फलफलुमा पनि ४५ प्रतिशतले कमी आएको यी बिभिन्न कारणले आयातमा कमी आएकोले गर्दा राजस्व संकलनमा कमी आएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ।

b 4
Leave A Reply

Your email address will not be published.