सुन्दरीकरणका लागि डिजिटल डिसप्ले बोर्ड

133

कपिलवस्तु २३ असार
प्राचिन नगरी कपिलवस्तु नगरपालिकाको सुन्दरीकरणकालागि तौलिहवाको बस पार्क देखि बहादुरगंज जाने चोक सम्म डिजिटल डिसप्ले बोर्ड ( पि फोर डिजिटल डिसप्ले ) जडान गरिएको छ । सो बोर्ड सहीत ५०वाटको सेन्सर जडीत लाईट समेत राखिएको छ । २३ वटा बोर्ड निर्माणकालागि कुल ३१ लाख ९६ हजार ५१० रुपैया लागत रहेको नगरपालिकाका ईन्जीनीयर राजेश कुमार सैनीले बताए । प्रत्येका बोर्ड झन्डै ढेड लाख परेको छ । सो कार्यकालागि ३८ लाख ९८ हजार ५ सय बजेट बिनियोजन गरिएको थियो । हिमालयन सोलुशन प्रालि काठमाण्डौले सो कामको ठेक्का पाएको हो । २ बर्ष सम्म सो कार्यको मर्मतको जिम्मा निर्माण ब्यवसायीको रहने ईन्जीनीयर सैनीले बताए । बोर्डमा नगर क्षेत्र भित्र रहेका पुरातात्बिक धार्मिक स्थलको जानकारी र प्रचारप्रूसार, सरसफाई बारे जनचेतना बिज्ञापन लगातयका कुराहरु प्रर्दशन गरिनेछन । बोर्डमा फन्टको साईज नमिल्दा बोर्डमा लेखिएको कुरा भने अहिले बुझने गरी देखिएको छैन ।

b 4
Leave A Reply

Your email address will not be published.