नेपाल किशान महासंघद्धारा मलखादको सहज आपुर्तिको माग

87

कपिलवस्तु २३ असार
धान रोप्ने बेलामा समेत मलखादको अभाव भएको भन्दै नेपाल किशान महासंघले मलखादको सहज आपुर्तिको माग गरेको छ । महासंघको तौलिहवा स्थित बिपि स्मृति भवनमा राखिएको कार्य समितिका सदस्यको परिचायात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो माग गरिएको हो । महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिस्टले सरकारले कृषकहरुलाई मलखाद सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गरे । मल धानको बीउ सिँचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका भन्दै उनले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न सरकारसंग माग गरेका हुन । अन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन । .‘ कपिलवस्तुमा मल उन्नत जातको धानको बीउ र सिचाईृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ । धानको रोपाईको सिजन सूरु भए पनि युरिया र डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको बताए । कांग्रेसका जिल्ला उप सभापति हुमकान्त खनालले महासंघले कृषकको हितमा काम गर्नु पर्ने बताए । उनले किशानको समस्या समाधानकालागि महासंघ अग्रसर हुुन पर्ने बताए । सो अवसरमा कांग्रेसका जिल्ला सचिव प्रेम बहादुर सिंह रायमाझीले अन्नभन्डाकाररुपमा रहेको कपिलवस्तुका किशानहरुले हरेक बर्ष मलखादको समस्या झेल्नु परेको बताए । उनले सरकारले मलखादको आपुर्ति गरी कृषकहरुको समस्या समाधान गर्नु पर्ने बताए । युवा नेता राजेश ज्ञवालीले मलखादको समस्याको समाधान नगरे कृषक धेरै मर्कामा पर्ने बताए । मलखादको सहज आपुर्तिकालागि महासंघ प्रशासन कार्यालयमा डेलीगेशन जाने निर्णय गरेको छ । यस्तै कार्यक्रममा अध्यक्ष बिष्ठले क्षेत्र नम्बर १ को महासंघका अध्यक्षमा यज्ञराम यादवलाई अध्यक्षमा मनोनित समेत गरेका थिए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन । जिल्लाका तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टटेडिङले कृषि सहकारीलार्इृ मलखाद दिने गरको छ ।

Leave A Reply

Your email address will not be published.