गुलाम अली
कपिलबस्त ,असार १५
कृषि प्रधान देश भएकोले नेपालका अधिकाशं नागरिकको पेसा खेतीपाती हो , आज असार १५ गतेको दिन २० औ राष्ट्रिय धान दिव तथा रोपाई महोत्वस कपिलबस्तु नगरपालिका वडा २ लम्तियामा धुमधाम संग मनाएका छन । नव युग युवा क्लबको आयोजना वडा नं २ कार्यलयको सहयोग मा दिवसको अवसरमा दहि चिउरा खादै महोत्सव मनाएका छन ।
कपिलबस्तुमा बिगत केहि दिनदेखि पानी परेपछि असार १५ धान रोपाई गरेर दही चिउर खाएर धान दिवस मनाएको थिए सो अवसरमा कृषकहरु सँग कपिलबस्तु नगरपालिका वडा २ अध्यक्ष अशोक गुप्ता पनि खेतमा गएर धान रोपेर कृषक सँगै दही र चिउरा खाएको थिए ।
मध्य गर्मीका समयमा युवा लाठे र युवती रोपाहारले खेतमा खेरेको हिलो छयापछपाय गरेर मनोरञ्जन गरेको थिए ,कामईको थकित भएका शरिरलाई शत्ति प्राप्तिका लागि दही चिउरा खान्छन् , त्यसबेला दही चिउराले शरीरलाई शीतलमा गराइ शत्ति प्राप्त हुने विश्वास रहेको मन्यता छ , असार १५ गते दही चिउरा पर्वको रुपमा पनि लिइन्छ , हाम्रो सस्कृति मा दहीको स्थान महत्व छ शुभकाम गर्न घर बाहिर निस्कन बिदेश जानको लागि महत्वपूर्ण काम गर्न अघि दही खाने चलन रहेको छ ।