कपिलवस्तु नगरपालिकाका कृषकहरुलाई बिभिन्न कृषि मशिनरी सामाग्रहिरु हस्तान्तरण गरेका छन , धान खेतीको उत्पादन बढाउन कपिलवस्तु नगरपालिकाका २ स्थानमा धानबाली पकेट कार्यक्रम संचालन गरिएको छ । कपिलवस्तु नगरपालिका कृषि शाखाको अगुवाईमा नगरपालिका वडा नम्बर ३ सुखरामपुर र नगरपालिका वडा नम्बर ७ धरमपनीयामा धानबाली पकटे कार्यक्रम संचालन गरिएको छ ।
सुखरामपुरमा ताम्रेश्वर कृषि सहकारी संस्था लिमिटेड र धरमपनीयामा शिवशक्ति बिउ उत्पादन कृषक समुहमा आबद्ध कृषकहरुलाई बिभिन्न कृषि सामाग्री र साना यान्त्रिक सामाग्रीहरु प्रदान गरिएको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए । सुखरामपुरमा एक बर्ष अघि देखि धानबाली पकेट कार्यक्रमहरु संचालन गरिएको उनले बताए । धान खेतीको उत्पादन बढाउनलाई नगरपालिकाले ती दुई कृषक समुहमा आबद्ध भएका कृषकहरुलाई ५० प्रतिशत अनदानमा सामाग्रीहरु प्रदान गरिएको हो । ताम्रेश्वर कृषि सहकारीमा आबद्ध भएका कृषकलाई १४ आरपिएमको ५ हर्ष पावरको सानो पम्पसेट ३ वटा प्रदान गरिएको छ । यस्तै ५ हर्ष पावरको चाईनिज पम्पसेट १० वटा, जिरो वेटर एउटा, डेलिभरी सेक्सन पाईप ढेड सय केजी लगायतका सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्रीहरु वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले कृषकहरुलाई हस्तान्तरण गरेका थिए । ताम्रेश्वर कृषि सहकारीका अध्यक्ष राधेश्याम कोरीले प्राप्त सामाग्रीहरुले धान खेतीको उत्पादन बढाउन आफुहरुलाई उपयोगी हुने बताए । सो अवसरमा वडाध्यक्ष गैरेले कृषकहरुलाई सरकारले समय मै मल र सिचाईका प्रबन्ध गर्न आग्रह गरे ।
उता धरमपनीयामा शिव शक्ति बिउ उत्पादन कृषक समहका कृषकहरुलाई समेत बिभिन्न कृषि सामाग्रहिरु प्रदान गरिएको छ । ५ हर्ष पावरको २६ सय आरपिएमको चाईनिज पम्पसेट ४ वटा, सोलार सिंचाई एउटा, जिरो बेटर एउटा, स्प्रेयर ५ वटा, पानी तान्ने २ हर्ष पावरको ३ वटा प्रदान गरिएको छ । यस्तै जिंक, सल्फर, झारपात नाशक बिषादी, सेक्सन पाईप डिलेभरी पाईप चेकवाल लगायतका सामाग्री बितरण गरिएको छ । वडा नम्बर ७ का अध्यक्ष ईन्द्रमणि चौधरीले सो सामाग्रहिरु हस्तान्तरण गरेका थिए । सो अवसरमा वडाध्यक्ष चौधरीले प्रापत सामाग्रहिरु सही सदुपयोग गर्न आग्रह गरे । पम्पसेट मोटर । सोलारले आफुहरुलाई सिचाईगर्न सजिलो हुने कृषकहरुले बताए ।