कपिलवस्तु नगरपालिका कर्मचारीहरु द्धार पेन डाउन , काम गर्ने बातावरण नवने सम्म सवै काम ठप्प

187

कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले काम काज गर्न सहज बातवरण नवने सम्म सवैले पेन डाउन गरेका छन । उपमेयर का श्रीमान संजय गुप्ताले पालिका आएर पटक पटक कर्मचारीहरुलाई अपशव्द तुच्छ गाली गलौज गरेको भन्दै कर्मचारीहरुले बैठक बसी सो निर्णय गरेका हुन ।

जव सम्म काम गर्ने बातवरण बन्दैन तव सम्म कार्यलयको सवै काम काज ठप्प गरी पेन डाउन गरिने बताएका छन । यद्यपी स्वास्थ्य, नगरसरसफाई तथा दमकल सेवा भने सुचारु नै रहने जानकारी गराएका छन । यस्तै गरी गाली गलौच गर्ने गुप्तालाई प्रचलित कानुन बमोजिम कारवाई हुनु पर्ने भनी जोड दार माग गरेका छन ।

b 4
Leave A Reply

Your email address will not be published.