र्राष्ट्रिय कीर्तिमान खेलाडी तुलसीराम थारु गम्भिर विरामी , सहयोगको लागी दाजुको अपिल

265

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बण्डौली घर भएका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि रातारात एम्बुलेन्समार्फत् बुटवल , भरतपुर उपचार हुन नसकेपछि काठमाडौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गर्दैछन ।

भाइ गम्भिर विरामी भएको थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका उनका दाजु प्रभु थारु अकस्मात नेपाल आएका छन् । अहिले उनले भाइको उपचार गरिरहेका छन् ।

प्रभु थारुका अनुसार तुलसीरामको शरीरमा सेतो रगत निकै कम देखिएको छ । त्यसैकारण उनी गम्भिर विरामी भएका हुन् । अहिले उनको शरीरमा सेतो रक्त चढाउने काम भइरहेको छ ।

भाइको टाउकोमा पनि रगत जमेकाले थप समस्या भएको उनले बताए । सेतो रगत चढाएपछि बल्ल टाउकोको अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका प्रभुरामले जानकारी दिएका छन । के कसरी टाउकोमा रगत जम्यो आफूहरुले केहि थाहा नपाएको दाजु प्रभुले बताए ।

चिकित्सकले एकदुई दिनभत्रि अप्रेसन गर्ने बताएका छन् । सेतो रगत नपाएपछि समस्या भएको उनले बताए ।
सामान्य आर्थिक अवस्था भएकाले भाइको उपचारमा रकम अभाव भएको प्रभुले बताए । उनी भन्छन् ‘भाइ एक्कासी विरामी भएको रहेछ । म पनि विदेशबाट रातारात आएँ । रातारात एम्बुलेन्समार्फत् ल्यायौँ । ऊ भाइ गम्भिर विरामी भएको रहेछ । उसको यो विमारको उपचार पनि निकै महंगो रहेछ । धेरै पैसा पनि छैन । भएको र सापटी खोजेको पैसा सकियो ।सहयोगको लागि अनुरोध गर्दछु ।’

एक्कासी समस्या भएपछि अस्पताल आउँदा धेरै पैसा नभएको उनले दुखेसो सुनाए । पैसा खोज्ने समेत समय नभएकाले अहिले यसो उसो गरेरै काम चलाएको प्रभु थारुको भनाई छ ।

b 4

खेलबाट आफ्नो भाइले जिल्लाको नाम राखेकाले पालिकाहरुले सहयोग गर्ने उनले विश्वास लिएका छन् । तुलसीराम नेपालकै लागि सम्भावना बोकेका एथ्लेटिक्स खेलाडी हुन् । २० बर्षकै उमेरमा रिले दौडमा रेकर्ड कायम गरी उनी जुनियरतर्फ नेपाल फस्ट भएका थिए भने केहि महिना अघि भएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएका थिए ।

उनी अहिले स्थानीय कनकमुनी उच्चमावि जगदिशपुरमा कक्षा १२ मा अध्ययन गर्दछन् । स्थानीय र राष्ट्रिय गरी उनले थुप्रै पुरस्कारहरु पाएका छन् । सभार अपि टाइम्स
सहयोगको लागि
प्रभु थारु चौधरी
खाता नं। ०२९१५१२७९२१, सिद्धार्थ बैङक
सम्पर्कः ९८४८३०१४१०

b 4
Leave A Reply

Your email address will not be published.