अवधेश जैसवाल ,कपिलवस्तु २३ जेठ
उत्पादन बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धरपनीयाका १३ कृषकलाई उन्नत जातको धानको बीउ उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले चालु आर्थिक बर्ष ०८९÷०८० अन्र्गत नया धान बाली पाकेट कार्यक्रम अन्र्गत उनीहरुलाई महिन्द्रा ३०३० र सम्पुर्णा साभा जातको धानको बीउ उपलब्ध गराइएको हो । समुहले २० हेक्टर क्षेत्रमा धान लगाउने छन । २४ लाख मध्ये ११ लाख २८ हजार समुलको लगानी बाकी नगरपालिकाको बजेटबाट बीउ खरिद गरी उपलब्ध गराइएको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए ।
महिँन्द्रा ३०३० ढेड सय किलो र संपुर्णा साभा ५ सय किलो कृषकहरुलाई उपलब्ध गराइएको हो । वडाध्यक्ष ईन्द्रमणि कुर्मीले कृषकहरुलाई बीउ हस्तान्तरण गरेका थिए । उनले आफनो वडा र नगरपालिकाले कृषि क्षेत्रको विकासकालागि बजेट बिनियोजन गरेको बताए । उनले कृषि क्षेत्रको विकासकालागि सरकारले मलखाद,सिंचाई र उन्नत जातको बीउ कृषकहरुलाई सर्वसुलभरुपमा उपलब्ध गराउनु पनेै माग गरे । यही समुहलाई केही दिन मै पम्पीङसेट, मोटर सेक्सन पाईप डेलिभरी पाईप स्प्रे टंकी किटनाशक बिषादी, झारपात नाशक बिषादी लगायतका सामाग्री समेत उपलब्ध गारईने नगरपालिका कृषि शाखाका प्रमुख गुप्ताले बताए । समुहका अध्यक्ष द्धारिका प्रसाद कुर्मीले धान बाली उत्पादन बढाउन आफुहरुले सक्दो कोशिश गर्ने बताए । उनले उन्नत जातको बीउले धान खेतीको उत्पादन बढने उनले बताए ।