कपिलवस्तु २२ जेठ
बिश्व वातावरण दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित देवनगढीयामा चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम संपन्न गरिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा पर्यटन पत्रकार संघ कपिलवस्तुले सो कार्यक्रम गरेको हो । देवनढीया स्थित राधा रायमाझीको निजी जग्गामा रहेको मसला र सिसौको रुखमा बर्षौ देखि ५ सय बढी चमेराहरुको बसोबास रहेको छ । मसला र सिसौका गरी एक दर्जन रुखमा चमेराको बासस्थान रहेको छ । लोप हुने संघारमा पुगेको सोही चमेराको संरक्षणकालागि स्थानीयको सहभागीतामा जन चेतनामुलक कार्यक्रम गरिएको हो । जैविक विविधताका दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको चमेराको संरक्षणमा स्थानीयको सहभागीता गराउन कार्यक्रम गरिएको हो ।
चमेरा संरक्षणकै लागि भुमिका खेलको भन्दै स्थानीय बिष्णु बहादुर सिंह र राधा रायमाझीलाई गम्छा ओढाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । डिभिजन वन प्रमुख बिजयराज सुबेदी र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गरुेले दुबैलाई सम्मानित गरेका थिए । कार्यक्रम कै बिच बसन्त कुमारी सिंहको अध्यक्षतामा ७ सदस्यीय चमेरा संरक्षण समिति समेत निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा समसुद्दीन मुसलमान, सचिवमा हरिाकला पराजुली, कोषाध्यक्षमा अमेरुन निसा तथा सदस्यहरुमा अबदुल्लाह मुसलमान, दुर्गावती पासी र राजकुमारी थारु रहेका छन । सो अवसरमा डिभिजन वन प्रमुख बिजयराज सुबदीले वातावरणलाई बचाउन जिवजन्तुको संरक्षण र प्लाष्टिकको प्रयोग कम गर्न आग्रह गरे । उनले वातावरणलाई प्रदुषित हुन नदिन मानवहरु सचेत हुनु पर्ने बताए । उनले चमेरा संरक्षणकालागि स्थानीयले अहिले सम्म गर्दै आएको काम प्रशंसा गरे । उनले समितिलाई आफनो कार्यालय समेत सहयोग गनै प्रतिबद्धता ब्यक्त गरे । सो अवसमरा वडा अध्यक्ष गैरेले चमेरा संरक्षणमा आफनो पालिका र वडाले आगामी बजेट तथा कार्यक्रममा समाबेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा पंक्षी संरक्षण संका जिव बिज्ञ दिलिप चन्दले चमेराले पर्यावरण क्षेत्रमा गरको योगदान, खतरा, संरक्षण लागयतका बिषयमा प्रस्तुती गरका थिए । उनले नेपालमा ५३ प्रजापतका चमेराहरु रहेको बताए ।
देवनगढीया सहीत कपिलस्तुको महाराजगंज, बिजयनगरमा समेत चमेराको बसोबास छ । चमेराले परागषेशचन, बिउबिजन छर्न, किरा नियन्त्रण गर्नै मद्दत गर्ने गर्छ । जन चेतनाको कमी, बास स्थानको अभाव र शिकार खेल्ने गरिएकाले लोप हुने अवस्थामा पुगको बिज्ञ चन्दले बताए । सो अवसरमा स्थानीयले दवनगढीयामा निजी जग्गामा रहेको रुखमा चमेरा बस्ने गरकाले यसको सरकारी स्तरबाटै संरक्षणकालागि ब्यवस्था हुनु पर्ने माग गरे । पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष मनिष कार्कीको अध्यक्षता, वन अधिकृत खिलराज तामाङको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले मन्तब्य दिएका थिए ।