बिहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीका र काकाको हत्या

223

अवधेश जैसवाल

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियामा बिहेको प्रस्ताव अस्विकार गर्दा २२ बर्षिय अन्जनी थारु र उनका काका ७० बर्षिय बम बहादुर थारु को चक्कु प्रहार गरि हत्या गरिएको छ । बिहिबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो ।

तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनिहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन ।

रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनिहरु माथी चक्कु प्रहार गरे पछि दुबै जना गम्भिर घाईते भएका थिए । बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको भनाई छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Leave A Reply

Your email address will not be published.