दिपिका सुनार कपिलवस्तु ।
कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा सिटामोलको अभाव भएको छ । लुम्बिनी प्रदेशकै एक उत्कृष्ट अस्पतालका रुपमा रहेको कपिलवस्तु जिल्ला अस्पतालमा सिटामोलको चरम अभाव भएको हो । विगत एक/डेढ महिनादेखि सिटामोलको अभाव भएको कपिलवस्तु अस्पतालका सुचना अधिकृत रत्नाकार शुक्लाले बताउनु भयो । सिटामोल मागका लागी आपूर्ति केन्द्रमा पत्राचार गरिएको भएता पनि हाल आईनसकेको उहाँले बताउनुभयो । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आईरहेको सिटामोलको आपूर्ति केन्द्रबाटै रोकिदाँ अस्पतालमा सिटामोलको अभाब भएको उहाँको भनाई छ । अहिले कपिलवस्तु जिल्लाका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सिटामोलको अभाव सिर्जना भइरहेको छ ।