विश्वकप छनोटका लागि स्कटल्यान्ड द्वारा १५ सदस्यीय टोलीको घोषणा

258
काठमाडौँ ।  जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने आईसीसी पुरुष विश्वकप छनोटका लागि स्कटल्यान्डले   टिमको घोषणा गरेको छ । क्रिकेट स्कटल्यान्डले बुधबार रिची बेरिङ्टनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

जिम्बाब्वेले विश्वकप छनोटको आयोजना गर्दैछ । विश्वकप छनोटमा जिम्बाब्वेसँगै नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, श्रीलंका, अमेरिका, यूएई, वेस्ट इन्डिज र आयरल्यान्डको सहभागिता हुनेछ । विश्वकप छनोटबाट दुई टोलीले यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् । आईसीसी पुरुष विश्वकप छनोटका लागि टेष्ट टाेली वेस्ट इन्डिजले पनि टाेली घाेषणा गरी सकेकाे छ । सहभागी राष्ट्रलाइ दुइ समुहमा विभाजन गरी खेलाइने उक्त प्रतियाेगिताकाे टिम बाडफाँड भने अझै हुन सकेकाे छैन  ।

 

Leave A Reply

Your email address will not be published.