काठमाडौं । मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले कांग्रेस र कम्युनिस्टहरुबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन्। सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृति हाबी रहेको नेपालको भनाइ छ। , ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ। के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ। ‘त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने?’