काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमयी जीप दुर्घटनामा निधन तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् । त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटना भएकाे ३० वर्ष पुग्दा समेत दुर्घटनाको कारण आज पनि गर्भमै छ।