काठमाण्डाैँ । आईओसीले एनओसीलाई हरेक १५ दिनमा नयाँ पठाउने मूल्यसूचीमा यस पटक पेट्रोलको मूल्यमा भारी गिरावटसहितको नयाँ मूल्य सूची आएको छ । मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजलमा ८ रुपैयाँ १३ पैसाले मूल्य कम भएको सूची आएको छ । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने एकमात्र निकाय आईओसी हो ।