काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ । ‘प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् ।