सर्वोच्चमा आज रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ

103

काठमाडौं ।  कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज मंगलबार अन्तिम सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इसलासमा मुद्दाको सुनुवाइ हुनेछ ।यसअघि हिजो सोमबारदेखि नै चौधरी विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा प्रारम्भ भएको सुनुवाइ नसकिएपछि हेर्दा–हेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।त्यसको दुई वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदन दिएका थिए ।सुनुवाइ सकिएमा आजै फैसला आउने सम्भावना छ । चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् । उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छिन् । स्राेतःकलाकर्माी

Leave A Reply

Your email address will not be published.