काठमाण्डाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको वयान मंगलवार पनि लिइँँदैछ । सरकारी वकिल कार्यालय काठमाडौंले खाँणको वयान लिँदैछ । सोमबारदेखि विषय केन्द्रित भएर प्रारम्भ भएको वयान अझै बाँकी रहेकाले मंगलवार पनि लिन लागिएको हो ।खाँणले आफ्नो मोबाइल फरम्याट गरेको तथा उक्त मोबाइलको डाटा रिकभर हुनका लागि समय लागेपछि सोमबारदेखि मात्रै उनको वयान थालिएको प्रहरीले जनाएको छ । केशव दुलाल र सानु भण्डारीले गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको वयानपछि उनी यो प्रकरणमा तानिएका हुन् ।