वर्षासँगै आएको लेदोले चारवटा गाडी पुर्‍यो ,बीपी राजमार्ग एकतर्फी सुचारु

77

काभ्रे।  आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।  इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका जनाएको छ । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा गाडी निकालिएको छ भने अझै तीन वटा पुरिएकै अवस्थामा रहेको जनाएको छ ।

अहिले राजमार्ग एकतर्फी सुचारु गरिएको छ भने पूर्ण रुपमा खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.