बर्दिया । १५ बुदे माग राख्दै नेपालि काग्रेंस बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधी सभा मा निर्वाचित सांसद एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम आमरण अनसनमा बसेका छन् । प्रतिनिधि सभाको बैठकमै पटक पटक जनताका माग राखेको भए पनि सरकारले नसुनेकाे भन्दै शनिबार बेलुकीबाट उनी आमरण अनशनमा बसेका हुन् ।
संसद बैठकमै पनि आफूहरुका मागको सुनुवाइ नहुने हो भने शून्य समयको के अर्थ ? भन्दै प्रश्न गरेका थिए । उनले संसदमै बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग राख्दै आएका थिए । पुल भासिएको ६ वर्ष बितिसक्दा पनि निर्माण गर्न सरकार पछि हटेको भन्दै पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब एक लाख बासिन्दा प्रभावित भएको उनको भनाइ छ ।
पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल २०७९ साल असोज २० गते आएको बाढीले बगाएको थियो । पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया—रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द छ ।प्रतिनिधि सभा सदस्य गौतमसँगै प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी सँगसँगै आमरण अनशनमा बसेका हुन् । सांसद गौतमले जनताका काम गर्न नपाएर आफूहरु निराश हुन परिरहेको बताएका छन् । हाम्राे कुरा