मुस्ताङ सिएनएनकाे घुम्नै पर्ने स्थानमा समावेश

238

काठमाडौं । अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालकाे मुस्ताङ लाइ पनि समावेश गरेकाे छ  ।  उक्त रिपाेर्ट अनुसार  नेपालको मुस्ताङ उपत्यका  दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ।

मुस्ताङ नेपालकाे गण्डकी प्रदेशकाे सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।

यहाँ का प्रमुख धार्मक स्थलहरूमा मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा ,टुकुचे गोम्पसम्प ,टुकुचे मकल् गोम्पा ,टुकुचे रानि गोम्पा , मार्फा गोम्पा आदि पर्छन ।

त्यस्तै यहाँका प्रमुख पर्यटकिय स्थलहर मध्ये लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक,टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख ,टुकुचे बतासे लेख ,टुकुचे नाथांग खर्क’पर्दछन । 

सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ । यहाँ सबैखाले रिसोर्टहरु उपलब्ध  रहेका छन ।

Leave A Reply

Your email address will not be published.